छोरी मार्ने आमालाई जन्मकैदको माग गर्दै बालिकाकी मावली

छोरी मार्ने आमालाई जन्मकैदको माग गर्दै बालिकाकी मावली

१४२ पटक पढिएको

इटहरी । इटहरी १ पश्चिम टोलकी ५ वर्षिय बालिका अपेक्षा लिम्वुको हत्या गर्ने सौतेनी आमालाई जन्मकैदको सजाय दिनु पर्ने गाउँले तथा आफन्तहरुले माग गरेका छन । असार १ गते मध्यरातमा आफ्नै घरमा मृत भेटिएकी अपेक्षाको सौतेनी आमा उमा माझीले हत्या गरेको थिईन ।

मृतककी सौतेनी आमा माझीलाई जन्म कैदको सजाय माग गदै बुधबार इटहरीमा पत्रकार सम्मेलन गदै मृतककी मावली हजुरआमा इटहरी ५ की राधिका लुईटेलले वताईन । टाउँकोमा घाटीमा चोट लागेको देखिएको थियो त्यस कारण हामीले उजुरी हालेका थियौ मसतकी हजुरआमा लुईटेलले भनिन् । उनले भनिन् मेरो नातिनी मार्नेलाई जन्मकैदको सजाय होस्।

ज्वाई अर्जुन लिम्वु र सौतेनी आमा उमाले हामीलाई समेत थाहान नदिई मारेर अस्पताल लगेको गुनासो गदै मृतकी मावली हजुरआमा लुईटेलले पत्रकार सम्मेलनमा भनिन् । मृतककी आमा योजान लुईटेल गत कार्तिक देखि बैदेशिक रोजगारीरको लागी विदेशमा छिन । आफ्नो आमा विदेशमा भएको बेला र बाबु अर्जुन लिम्वुले नातीनी लगेको उनको भनाई थियो ।

अर्जुन लिम्वु पनि विदेशमा थिए विदेशबाट आएकै दिन विवाह गरेका थिए । ४ बर्ष देखि मावली घरमा बस्दै आएकी वालिकालाई अर्जुन विदेशबाट आए सँगै घर लगेका थिए । ज्वाई विदेशमा थिए त्यही बेला छोरी विदेश गएका थिईन लुईटलले भनिन् । यता मृतककी बुबा अर्जुन र सौतेनी आमा उमाले भने घट्ना भबितब्य भएको भन्दै प्रहरीमा उजुरी दिएका छन ।

स्थानीय छिमेकी दिलकुमार राईले हत्यारा सौतेनी आमालाई जन्दकैदको सजाय हुनु पर्ने माग गरे ।
यता इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले मृतकी आमा उमालाई मंगलबार प्रहरीले बालिका हत्याको आरोपमा पक्राउ गरीसकेको बताए । अहिले हामीले पक्राउ गरी अनुसन्धान गदै छौ डिएसपी श्रेष्ठले भने । माझीले सौतेनी छोरीको हत्या नभई कुटपिट गर्दा मृत्यु भएको बताईन ।