सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर अपराध अन्तर्गत कारवाही

सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर अपराध अन्तर्गत कारवाही

१८९ पटक पढिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले बाढी पिडितको संवेदनालाई ख्याल नगरी सामाजिक सञ्जालमा पानीजहाजको कुरा गर्नेहरुप्रति असन्तुष्टि ब्यक्त गर्दै त्यस्ता माथी कडा कारवाही गरीनुपर्ने माग गरेका छन् ।

संसदको विशेष समयमा बोल्दै सांसद  बस्नेतले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।उनले अघि थप्दै भने बाढीले भक्तपुरमा धनजनको क्षती गरीरहँदा ‘ सामाजिक सञ्जालमा पानी आएछ अब जहाज कहिले आउँछ’ भनेर उडाइरहेको भन्दै असन्तुष्टि पोखे।

‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरका जनतालाई सहयोग गर्नुहोस्। सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानी जहाजको कुरा नगर्नुस्’, बस्नेतले थपे, ‘सामाजिक सञ्जालमा यो वाहियात कुरा गर्ने मान्छेहरुलाई कारबाही गर्नुपर्छ। साइबर क्राइमलाई कडा ढंगले लागू गर्नुपर्छ। म सञ्चार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु।’

भक्तपुरमा वर्षाकै कारण घरमाथिबाट ढिस्को खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने बाढीको कारण जलमग्न अवस्थामा जनताहरु बिक्षीप्त बन्न पुगेका छन् ।