बजेट र सरकारको नीतिबारे प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल

बजेट र सरकारको नीतिबारे प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल

१२५ पटक पढिएको

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को वजेट र सरकारको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विषयगत मन्त्रालयका मन्त्रीहरुबीच छलफल भएको छ ।

शनिवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित छलफलमा विषयगत मन्त्रालयले प्रधानमन्त्री ओली समक्ष वार्षिक कार्ययोजना पेश गरेका छन् । आर्थिक वर्ष २०७५/७६ शुरु हुन पूर्व मन्त्रालयको वजेट, नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको वार्षिक कार्ययोजनाको अवधारण विषयगत मन्त्रालय र संवैधानिक आयोगले पेश गरेका हुन।

विकासमा हुने ढिलासुस्ती र आर्थिक वर्षको अन्तिममा गरिने विकासलाई निरुत्साहित गर्न सरकारले आर्थिक वर्षको सुरुवातदेखि नै कार्यलाई तीव्रता दिने गरि मन्त्रालयगत वार्षिक कार्ययोजना माग गरेको थियो ।