राजपा संसदीय दलकोे नेतामा महन्थ ठाकुर सर्वसम्मत

राजपा संसदीय दलकोे नेतामा महन्थ ठाकुर सर्वसम्मत

९३ पटक पढिएको

काठमाडौं । राजपा संसदीय दलकोे नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन हुनुभएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

“राजपाले एकसाताअघि आज निर्वाचन हुने मिति घोषणा गरेदेखि नै पार्टीको नेता को हुने कुन विधिबाट हुने, पार्टीमा विवाद छ भन्ने बाहिर हल्ला फिँजाइएको थियो त्यो सबलाई चिर्दै सर्वसम्मतरुपमा निर्णयमा पुग्न सफल भएको छ । राजपा आज पनि मुद्दाप्रति इमान्दारीपूर्वक कुनै प्रकारको मत मतान्तर छैन भन्ने कुरा आजको निर्णयले प्रमाणित गरेको छ”, नेता यादवले भन्नुभयो ।