चीनको स्वास्थ्य सेवामा व्यापक सुधार सुधार, शिशु मृत्युदर घट्यो

चीनको स्वास्थ्य सेवामा व्यापक सुधार सुधार, शिशु मृत्युदर घट्यो

३६७ पटक पढिएको

बेइजिङ । चीनको स्वास्थ्य सेवामा अधिकमात्रामा सुधार आएको एक तथ्याङ्कले देखाएको छ । सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले यस्तो देखाएको हो ।

सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८.३ रहेको छ । अघिल्लो वर्ष यो प्रति एकलाख जीवित जन्ममा १९.६ थियो ।

बाल मृत्युदरमा पनि सुधार आई प्रति एक हजार जीवित जन्ममा ६.१ को मृत्यु हुने गरेको छ जबकी यो अघिल्लो वर्ष ६.८ थियो । यसबाहेक, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि कमी आई गत वर्ष प्रति एक हजार जीवित जन्ममा ८.४ को मृत्यु हुने गरेको छ । सन् २०१७ मा प्रति एक हजार जीवित जन्ममा बाल मृत्युदर ९.१ थियो ।

आयोगका एकजना अधिकारी यू यानहोङले गर्भवतीको स्वास्थ्य जाँचका लागि आपतकालीन केन्द्रहरु खोलिएका कारण महिला र बालबालिकाको मृत्युदर घटाउन ठूलो भूमिका खेलेको बताउनुभयो ।

साथै, गम्भीर बिरामी नवजात शिशु र आमाहरुको उपचारमा विशेष सुविधा उपलब्ध गराइएको, मातृ तथा बालस्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्रता दिइएको तथा उपचारमा चुस्तता ल्याइएको पनि उहाँले बताउनुभयो ।