लागूऔषध ओसारपसारको नया शैली

लागूऔषध ओसारपसारको नया शैली

३९८ पटक पढिएको


लागूऔषध प्रयोगकर्ताहरुले लागूऔषध ओसारपसार गर्न नयाँ शैली प्रयोग गर्ने गरेको पाइएको छ । मंगलबार दुई व्यक्तिको मलद्वारबाट २९ एम्पुल लागूऔषध निकालिएपछि नयाँ शैली प्रयोग गर्ने गरेको प्रमाण फेला परेको हो 
मंगलबार साझ ७ बजे विराटनगर – १५ बाट नियन्त्रणमा लिएका धरान उपमहानगरपालिका – १० का रेजी शेर्पा र सुवास प्रधानले मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ५ एम्पुल डाइजेल्याव, ११ एम्पुल लुपिजेसिक, १३ एम्पुल एभिल गरी जम्मा २९ एम्पुल लागूऔषध निकालेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भारतको जोगवनीतर्फबाट आउँदै गरेका व्यक्तिमाथि सोधपुछ गर्दा लागूऔषध ल्याएको खुलेपछि इलाका प्रहरी कार्यालय रानीमा लगेर शौचालयबाट लागूऔषध निकालिएको हो । लागूऔषधसहित पक्राउ परेकाहरुलाई लागूऔषध ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको श्रेष्ठले बताए ।