सुकुना बहुमुखी क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुकुना बहुमुखी क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

७०४ पटक पढिएको

 


मोरङको सुकुना वहुमुखी क्याम्पसमा बिहिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा स्वतन्त्र विधार्थी युनियनले आयोजना गरेको हो । स्वास्थ्य समस्यावाट ग्रसित जनमानसलाई उपचार परामर्श उपलब्ध गराउने उदेश्यले संचालन गरिएको शिविरवाट बिधार्थी, शिक्षक, अभिभावक, समुदाय गरि करिव दुई सय विरामीले सेवा लिएका छन् । मेडिकल कलेजका संचालक कृष्ण कडेंलको नेतृत्वमा आएको चिकित्सक टोलीले आवश्यक उपचार परामर्श दिएको हो । विहान १० बजेवाट संचालित उपचार सेवामा जेनेरल मेडिसिन, नाक कान घाँटी रोग, स्त्री रोग, आँखा रोग र हाडजोर्नी तथा नशा रोग सम्बन्धि उपचार परामर्श गरिनुका साथै औसधी समेत निशुल्क वितरण गरिएको हो । शिविरमा स्वास्थ्य परिक्षण गराउनेहरुलाई विराट मेडिकलको तर्फबाट ल्याब टेस्टमा १५ प्रतिशत र भिडियो एक्सरेमा ५० प्रतिशत छुट व्यवस्था गरिएको थियो । परामर्श दिएको हो ।

विहान १० बजेवाट संचालित उपचार सेवामा जेनेरल मेडिसिन, नाक कान घाँटी रोग, स्त्री रोग, आँखा रोग र हाडजोर्नी तथा नशा रोग सम्बन्धि उपचार परामर्श गरिनुका साथै औसधी समेत निशुल्क वितरण गरिएको हो । शिविरमा स्वास्थ्य परिक्षण गराउनेहरुलाई विराट मेडिकलको तर्फबाट ल्याब टेस्टमा १५ प्रतिशत र भिडियो एक्सरेमा ५० प्रतिशत छुट व्यवस्था गरिएको थियो ।