आङ पासाङ शेर्पाको व्यक्तिगत लगानीमा बन्यो दुईवटा पुल

आङ पासाङ शेर्पाको व्यक्तिगत लगानीमा बन्यो दुईवटा पुल

५४७ पटक पढिएको

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरिदिएका छन् ।  
पर्यटन व्यवसायीसमेत रहेका  शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरिदिएका हुन् ।
गाउँका ठाडो खोलामा वर्षाको समयमा आउने भेलका कारणस्थानीयले भोग्नु परेको  सास्तीलाई मध्यनजर गर्दै  
खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरेको शेर्पाले बताएका छन् ।
खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको स्थानीयहरुको भनाई रहेको छ